मोरङ १ पुस ।
विराटनगर कोशी अस्पताल कोभिड(१९ उपचार केन्द्रमा एक घण्टाको फरकमा दुई जना कोरोना संक्रमितको मुत्यु भएको छ । मोरङ स्थायी ठेगाना भएका दुवै जनाको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा सुन्दरहरैंचाका २२ वर्षीय पुरुष युवा र पथरी शनिश्चरेकी ७३ वर्षीया वृद्धा महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार सुन्दरहरैँचा नगरपालिका–३ का पुरुषको राति ९स् ५० बजे मृत्यु भएको हो। पीसीआर परीक्षण गराउँदा गत सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर उपचार थालिएकोमा भोलिपल्ट उनको मृत्यु भएको हो।








