रौतहट, १ पौष ।
नेपाल प्रहरीको गस्तीटोलीलले रौतहटको बगहीबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ परेको छ । विषेश सुचनाको आधारमा प्रहरीको गस्ती टोलीले जिल्ला रौतहट कटहरिया नगरपालिका वडा नं.७ बगही टोल स्थित सडकमा पुग्दा संकित रुपमा उत्तर मोहडा गरी खडा रहेको भारतिय विआर ३० डब्लु ४८७३ नम्बरको हिरो कम्पनीको स्पेलेण्डर मोटर साइकललाई खानतलासी गर्दा उक्त मोटर साइकलको सिट कभर भित्र १२ बोरको नल कटुवा बन्दुक लुकाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटर साइकल चालक सोही ठाउ बस्ने बर्ष २० को राजमहम्मद आलमलाई पक्राउ गरी सम्मानित रौतहट जिल्ला अदालत गौरबाट दिन ५ को म्याद थप अनुमती लिई न्यायीक हिरासतमा राखी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले आफनो समाजिक संजाल फेसबुक मार्फत जानकारी गराएको हो ।








