काठमाडौं २८ मंसिर।
तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ६ सुदापमा पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ।

स्थानीय प्रगती कृषि समूहले सिँचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तेह्रथुका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए।

मृत्यु हुनेमा वडा नम्बर ६ की कोपिला लिम्बुका छोरीहरू ७ वर्षीया रञ्जना लिम्बु र ५ वर्षीया रोजनी लिम्बु तथा देवेन्द्र लिम्बुकी आठ वर्षीया छोरी सुहाना लिम्बुको ज्यान गएको ठाकुरले जानकारी दिए।

शनिबार दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएको ठाकुरको भनाइ छ। उनीहरुको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याँइदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here