कपिलवस्तु २६ मंसिर ।
बुद्धभूिम नगरपालिकाका एक ६० वर्षीय पुरुषबाट ६ वर्षीया छोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ।

पछिल्लोपटक मंसिर १० गते राति बालिका बलात्कृत भएपछि ती बालिकाले दुई दिनपछि घर नजिकैका छिमेकीलाई घटना बताएकी थिइन्। छिमेकी महिलाले घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा खबर गरेकी थिइन्।

प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण रानाले बताए। तीन वर्षअघि ती बालिकाको आमाले अर्कैसँग विवाह गरेर हिँडेपछि घरमा बुवा छोरी मात्र बस्दै आएका थिए। ती पुरुषले छोरीलाई पटक पटक बलात्कार गरेको खुल्न आएको प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here