रौतहट २१ मंसिर ।
रौतहट जिल्लाको गुजराका सामुदायिक तथा संस्थागत विद्यालयहरु मंसिर २२ गते सोमबारबाट खुल्ने भएको छ । आइतबार गुजरा नगरपालिकाले एक सुचना प्रकासन गरि नगर क्षेत्रका सम्पुर्ण विद्यालयहरु २२ गते सोमबारबाट सञ्चालनमा आउने जनाएको छ । कोरोना भाइरसको जोखिमलाई मध्य नजर गर्दै विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पुर्ण रुपमा पालना गर्दै गुजरा नगरपालिकाका सम्पुर्ण सामुदायिक तथा संस्थागत सम्पुर्ण विद्यालयहरु सञ्चालनमा आउने नगरपालिकाले जनाएको हो । सो नगरपालिकामा रहेको सामुदायिक तथा संस्थागत विद्यालयहरु २ चरणमा खुल्ने समेत जनाइएको छ । पहिलो चरणमा कक्षा १ देखि ७ सम्म र दोस्रो चरण कक्षा ८ देखि १० सम्म कक्षा सञ्चालन गर्नु पर्ने गुजरा नगरपालिकाको निमित्त प्रशासकीय अधिकृत नन्देश्वर प्रसाद चौधरीले बताउनु भयो ।







