बारा ३ मंसिर बाराबाट सशस्त्र प्रहरीले २० केजी अवैध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपि पिपरपातीबाट सशस्त्र प्रहरी निरिक्षक वहादुर आले मगरको कमाण्डमा खटिएको टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्वर १ स्थित मसानघाट नजिकबाट सो गाँजा बरामद गरेको हो । नेपालबाट भारत तर्फ लैजादै गरेको पाँच केजीका दरले ४ पोका तयारी गाँजा बनाई विहान कुहिरो लागेको समयमा टाउकोमा बोकी लैजादै गरेको अवस्थामा गस्ती टोलीलाई देख्ना साथ तस्कर फरार भएको सशस्त्र प्रहरी उपरिक्षक रविन राज कर्णजितले बताएका छन् । खेतको बाटोबाट तस्करी भईरहेको सुचना पाउना साथ बिओपीहरुलाइ पैदल गस्ती, साइकल, मोटरसाईकलमा चोरबाटोहरुमा निगरानी गर्न निर्देशन दिएको सशस्त्र प्रहरी उपरिक्षक कर्णजितले बताउनुभयो। कोरोना भाईरसले सिमानाका बन्द रहेको अवस्थामा चाडपर्वको समयमा हुने तस्करीलाई बन्द गर्न निगरानी बढाएको उँहाले दाबि गर्नुभयो।








