रौतहट २५ कात्तिक ।
रौतहटको सिमा नाकाहरुबाट हुने भन्सार छली तथा चोरी निकासी कार्यलाई नियन्त्रण गर्ने क्रममा ४ लाख बराबरको अबैध विभिन्न सामग्री पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट मातहतकाा प्रहरी ईकाईहरुबाट विभिन्न समयमा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याउदै गरेको
अन्दाजी मुल्य रु.दुई लाख पच्चास हजार पाँच सय पचास बराबरको रेडिमेड कपडाहरु, डि.ए.पी., युरिया मल, लेडिज कुर्ता सुरुवाल, भाँडाकुडाहरु, कष्टमेटिक सरसामानहरु नियन्त्रणमा लिइएको छ ।
त्यसैगरि मंगलबार विहान जिल्ला प्रहरी कर्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं.१ बन्जरहामा भारतवाट भन्सार छली चोरी पैठारी गरी पाडो नेपाल तर्फ भित्र्याई ल्याउदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देख्नासाथ पाडो धपाउने मानिसहरु उक्त पाडो छाडी फरार भएकोले अन्दाजी मुल्य रु.एक लाख चालीस हजार बराबरको ७ वटा पाडो समेत गरी जम्मा अन्दाजी मुल्य ३,९०,५५०। बराबरको सरसामानहरु लगायत पाडो वेवारिसे अवस्थामा फेला पारी थप कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।








