पर्वत २४ कात्तिक ।
प्रहरीले एक सय ५० लिटर अवैध र गुणस्तरहीन घरेलु मदिरा नष्ट गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्वत तथा सामुदायिक प्रहरी सेवा केन्द्रबाट खटिएको टोलीले मदिरा नष्ट गरेको हो ।

कुश्मा नगरपालिकाको वडा नं।४, ५ र ७ का विभिन्न स्थानमा अवैध रुपमा उत्पादन र सञ्चय गरेको भन्ने जनगुनासो बढेपछि प्रहरी नायव निरीक्षक पूर्णिमा थापाको कमाण्डमा मदिरा नियन्त्रणमा लिएको सुचना अधिकृत मनिष श्रेष्ठले जानाकारी दिनुभयो । मदिराको कारण सामाजमा विकृति, घरेलु हिंसा र झै–झगडा बढ्दै गएको अवस्था न्यूनीकरणका लागि अवैध रुपमा उत्पादन गरिएको गुणस्तरहीन मदिरा नष्ट
गरिएको हो ।

विभिन्न वडाबाट गुणस्तरहीन तयारी घरेलु मदिरा एक सय ५० लिटर, मदिरा बनाउने कच्चा पदार्थ अन्दाजी सात हजार लिटर र मर्चा ४० किलोग्राम नियन्त्रणमा लिई कुश्मा नगरपालिका वडा न। ६ का वडा अध्यक्ष रुद्र गिरी, प्रहरी नायव निरीक्षक मोहन कुमार खड्का, लगायत अन्य प्रहरी कर्मचारीको उपस्थितीमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here