पर्सा, २४ कात्तिक ।
वीरगञ्जमा भएको ट्रयाक्टर दुर्घटनामा १२ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ। वडा नम्बर २७ जसौलीमा भएको ट्रयाक्टर दुर्घटनामा पर्साको बहुदरमाइ नगरपालिका ३ नगरदाहाका १२ वर्षीय विवेक यादवको मृत्यु भएको हो। लु ३ त ६४६ नम्बरको ट्रयाक्टरमा बसेर आउँदै गर्दा दुर्घटना भएको थियो । बेला जसौलीस्थित पुलबाट अनियन्त्रित भइ दुर्घटना भएको स्थानीयहरुले बताएका छन् । दुर्घटनामा यादवको घटनास्थलमै मृत्यु भएको स्थानीय रामजी यादवले जानकारी दिए ।
चालक भने दुर्घटना पछि फरार भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here