रौतहट,१६ कार्तिक ।
रौतहटको सदरमुकाम गौरमा मेचीमहाकाली बुहारी सयुक्त आवाज रौतहटले दबाबमूलक कार्यक्रम गरेको छ ।
सयुक्त आवाजले वृन्दावन नगरपलिका अन्तर्गतको वडा नं.४ मा बलात्कार पछि हत्या गरिएकि स्वर्गीय सन्जा साहको हत्यारालाई कार्यवाहीको लागि दबाब दिन प्ले कार्ड र बैनर सहित नारा लगाउदै गौरमा प्रदर्शन गरेका हो ।

मेची महाकाली बुहारी सयुक्त आवाज रौतहट शाखाले गौरको बिपी चौकबाट सुरु गरेको दबाब प्रदर्शन जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, हुँदै पुन रौतहट जिल्ला अदालतको अगाडी कोणसभामा परिणत भएको थियोे ।
सयुक्त आवाज रौतहटका जिल्ला संयोजक पूजा पाठक तिमिल्सिनाले बलात्कार अभियोगमा पक्राउ परेका साहलाई प्रहरीले आज पेशिको लागि अदालतमा ल्याएको र निज पहिले पनि यस्तै प्रकृतिका ३ घटनामा जिल्ला अदालतबाट उन्मुक्ति पाएकोले पुन पनि उन्मुक्ति नदियोस भने दबाब स्वरूप विरोध प्रदर्शन गरिएको बताएकी छिन।

प्रदर्शनमा सयुक्त आवाजका अन्य जिल्ला तथा रौतहट शाखाका पनि सदस्यहरु, स्थानीय महिलाहरू एवम सन्जाका परिवारका सदस्यहरुले सन्जा कुमारी लाई न्याय देऊ, सरकार कहा चुक्दैछ बलात्कारीसंग झुक्दैछ, बलात्कारीलाई फासी देउ जस्ता नारा लगाएका छन।








