काठमाडौं, ९ कात्तिक । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक लाख ५८ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ पिसिआर परीक्षण गरिएकोमा थप २ हजार ८ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । यस्तै गत २४ घन्टामा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ३ हजार ३ सय ३६ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण पछि निको हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको छ । यो कुल संक्रमितको ७० दशमलव ६ प्रतिशत हो ।  हाल नेपालभर ४६ हजार ६ सय ९१ सक्रिय संक्रमित छन् । संक्रमितमध्ये ४५ हजार ५ सय ७२ जना आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८ सय ४७ पुगेको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here