महोत्तरी, २१ असोज।
महोत्तरीबाट चोरीका मोटरसाइकलसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौशाला नगरपालिका–८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दिएको जानकारी अनुसार उनीहरूले आइतवार जिल्लाको सम्सी गाउँपालिका–७ स्थित मन्दिर नजिकबाट भारत बिहारको सीतामढी जिल्ला भेडियाही ग्रामपञ्चायत बस्ने गोविन्द यादवको बीआर ३० एफ ६४३८ को मोटरसाइकल चोरी गरेर मंगलवार सोही मोटरसाइक चढेर सम्सीबाट गौशालातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
चोरीका मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई मंगलवार नै चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाइएको छ । टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here