गुल्मी १९ असोज ।
गुल्मी इस्मा गाउँपालिकामा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। वडा नम्बर ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको २६ वर्षीय छोरा अनिलको कुटपिटबाट मृत्यु भएको हो। आइतबार साँझ करिब ६ बजेतिर आफ्नै घरमा अनिलले बुवालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए। कुटपिटबाट मुख र छातीमा भित्री चोट लागेका दिलबहादुरलाई उपचारका लागि तम्घास अस्पताल लगिएको थियो। त्यहाँबाट मिसन अस्पताल पाल्पा रिफर गयो। मिसनबाट प्रवास अस्पताल र प्रवास अस्पतालले प्रादेशिक अस्पताल बुटबल रिफर गरेको थियो। दिलबहादुरको सोमबार बिहान ३ः५५ मा उपचारका लागि बुटबल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पन्तले जानकारी दिए। अनिल भने फरार रहेका छन्। घटनाबारे अनुसन्धान भइरहेको पन्तले बताए। संभार थाहा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here