काठमाडौं १८ असोज ।
भक्तपुरमा एकजना १६ वर्षीया किशोरीलाई ड्राइभरसहित तीनजनाले बसभित्रै बलात्कार गरेका छन्। एकजना १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरुमा भक्तपुरको सूर्यविनायक बस्‍ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका १० घर भएका २२ वर्षीय निरकुमार खड्कासहित ४ दुईजना रहेका छन्। दुवैजनालाई भक्तपुर प्रहरीले शनिबार राति पक्राउ गरेको हो। भक्तपुर नगरपालिका(८ कालाँचास्थित रोकी राखेको बा ३ ख २६१२ नम्बरको बसमा खड्कासहित ३ जनाले ती किशोरीलाई बलात्कार गरेको खुलेको छ। बलात्कारको घटना थाहा पाउनेबित्तिकै महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बस चालक खड्कासमेत २ जनालाई पक्राउ गरेको हो। उक्त घटनामा संलग्‍न रहेर अर्का एकजनाको खोजी भइरहेको भक्तपुर प्रहरीले जानकार दिएको छ। संभार थाहा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here