रौतहट १५ असोज ।
रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रका वनमा बाघ लगायत अन्य वन्यजन्तुहरुको आवतजावत बढेको भन्दै वन प्रबेशमा रोक लगाइएको हो । मंगलबार घास काट्न गएका चन्द्रपुरका एक युवकलाई बाघले आक्रमण गरि ज्यान लिएपछि स्थानियलाई जथाभावी वन प्रबेश नगर्न डिभिजन वन कार्यालय आग्रह गरेको हो । बुधबार आधा शरिर बाघले खाएको अबस्थामा चन्द्रपुर—६ का संगम भण्डारीको शब फेला परेको थियो । राती अबेर सम्म भण्डारी नआएपछि खोज्न गएकाहरुमध्ये दुई जना बाघको आक्रमणबाट घाइते समेत भएका छन् । हाल रौतहटको वन क्षेत्रमा बाघ लगायत अन्य विभिन्न किसिमका वन्यजन्तुहरुको आगमन भइरहेकोले नागरिकलाई वन प्रवेशमा रोक लगाइएको हो । जंगली जनावरहरुको आक्रमणबाट मानविय क्षति हुन सक्ने भन्दै डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले सुचना नै जारी गरि सोही अनुसार जथाभावी जंगल प्रबेश नगर्न अपिल गरेको हो ।








