काठमाडौं, १३ असोज ।
नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ७ सय ३१ जना स्वस्थ भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ७ सय ३१ जना स्वस्थ भएसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको बताए । यो दर कुल संक्रमितको ७२ दशमलव ६ प्रतिशत हो । यस्तै गत २४ घन्टामा १० हजार ८ सय ९१ पिसिआर परीक्षण गरिएकोमा थप १५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । नेपालमा हाल २९्र० हजार ३ सय ९६ सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ९ हजार ६ सय ८९ जना संस्थागत आइसोलेसनमा छन् भने १० हजार ७ सय ७ जना होम आइसोलेसनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here