कपिलवस्तु ६ असोज।
महाराजगञ्ज नगरपालिका वडानम्बर २ उनवलियाकी एक कशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले उनलियाकै एक बालिकालाई जबरजस्ती करणी गरेर फरार भएको ५ महिनापछि २८ वर्षीय गोरखनाथ लोहारलाई पक्राउ गरेको हो ।

लुकिछिपी बस्दै आएका लोहारलाई आइतबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो । निकै लामो खोज र प्रयासपछिमात्रै लोहारलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक खरेलले बताउनु भयो ।

बालिकाको परिवारका अनुसार महाराजञ्जको नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गत जेठ १२ गते राति किशोरीलाई जबरजस्ती तानेर घरको पछाडि पु(याई जबरजस्ती करणी गरेका थिए । राति नै बालिकालाई बेहोश अवस्थामा फेला पारेको परिवारले प्रहरीलाई खबर गरेको थियो ।
संभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here