रौतहट, २८ भाद्र ।
साउन २२ गते रुपन्देहीको कन्चन गाउपालिकाका वडा नं. १ की १५ वर्षिया करुणा घर्तीमगरको हत्या भएको १ महिना वित्न लाग्दा पनि हत्यारा कार्यवाही नगर्नेको भन्दैं मेची महाकाली बुहारी सयुक्त आवाजले हत्यारालाई कार्यवाहीको माँग गर्दै विभिन्न कार्यहरु आयोजना गर्न लागेको छ ।

यसै विच हत्यारालाई कार्यवाहीका लागि तथा मृत आत्माको चिर शान्तिका लागि देश भरि नै भएको कार्यक्रम अन्र्तगत रौतहटको चन्द्रनिगाहपुरमा पनि दिप प्रज्वलन तथा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।

प्रमुख अतिथी प्रदेश सान्सद धनलाल ठोकर विशिष्ट अतिथि मेची महाकाली बुहारी सयुक्त आवाज केन्द्रिय सल्लाहकार सुर्यहरी मराठा, तत्कालिन नारायणी अंचलका सल्लाहकार कल्पना पौडेल खडका, विभिन्न संचारमाध्यमका संचारकर्मी तथा मेची महाकाली बुहारी सयुक्त आवाज रौतहटका संयोजक पुजा पाठक तिमिल्सीनाले स्वर्गीय करुणाको आत्माको चिरशान्तिको कामना गर्दै निजको हत्यारालाई कार्यवाहीको माँग गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले प्रहरी प्रशासनले हत्यारा थाहा हुदा समेत कार्यवाही नगरी संरक्षण दिने कार्य गरेको र निजलाई तत्काल न्याय नदिए कडा आन्दोलन समेत गर्ने चेतावनी दिएका छन् । कार्यक्रममा सयुक्त आवाज रौतहटका उपाध्यक्ष, सचिव, सल्लाहकारहरु समेतको सहभागीता रहेको थियो ।
यसै विच उक्त कार्यक्रममा ऐक्यवद्धता जनाउन मेची महाकाली बुहारी सयुक्त आवाज बाराका संयोजक सावित्री बराल तिमिल्सीना सहितका टोली रौतहट आई पुगेका थिए ।








