काठमाडौं,१९ भदौ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले थप देशभर १ हजार ३ सय ५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४४ हजार २३६ जना पुगेको छ। देशभर ७ हजार ४ सय ६२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ५४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २५ हजार ५ सय ६१ उपचारपछि निको भएका छन्।








