सर्लाही ९ भदौ ।
सर्लाहीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। ईश्वरपुर नगरपालिका – २ का ४५ वर्षीय राम ईश्वर पासवानको सोमबार करेन्ट लागेर ज्यान गएको हो। ब्रहम्पुरी गाउँपालिका वडा नं. १ बस्ने सुरेश साह तेलीको घरमा ज्यालामा काम गर्ने क्रममा मोटरको तारमा करेन्ट लागी पासवानको मृत्यु भएको प्रहरीले बताएको छ। ब्रह्म्पुरी निवासी सुरेश साहको घर निर्माण कार्य चलिरहेकोले घर पलास्टर गर्ने क्रममा पानी लिन पासवान गएका थिए तर साहको घरमा हुकिङ्ग गरेर डाइरेक्ट विद्युत जडान भएकाले पासवानलाई मोटरको तारमा करेन्ट लागी मृत्यु भएको हुन सक्ने स्थानियहरुको अनुमान छ । घटनाबारे थप अनुसन्धान भैरहेको र मृतक पासवानको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल,मलंगवामा पठाइ सकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी राजु प्रसाद कुर्मीले जानकारी दिनुभयो ।








