रौतहट, १७ बैशाख। कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई रौतहट जिल्लाको गढिमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादब को पहलमा वडा नं ६ का वडा अध्यक्ष राम सिंहासन यादबले बताएका छन ।
आफ्नो वडाका ज्यालाादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण कार्य गरेको छ ।

गढीमाई नगरपालिकाकाको गरिब विपन्न परिवारलाई राहत वितरणमा २० किलो चावल, २ किलो दाल, लिटर खानेतेल, १ लिटर नुन १ किलो आल ३ किलो सेन्टाईजर १ थान साबुन २ थान वितरण गरेको छ ।
राहत सामग्री वितरण अगाडी नगरपालिकाले नगरका विभिन्न वडाहरुको अतिविपन्न, गरिब तथा ज्यालादारी गर्नेहरुको विवरण संकलन गरेको र सोही अनुसार नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार सामग्रीहरु वितरण भई रहेको जनाएको छ ।