१४ माघ ।
प्रेमीसँग मिलेर पतिको हत्या गराउने पत्नीसहित चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कटहरी गाउँपालिका(७ बस्ने ४५ वर्षीय पति विकास सरदारको हत्या गरेको आरोपमा श्रीमती दयावती सरदारसहित सोही ठाउँका बद्री सरदार, ललन सरदार र करिया भन्ने मुकेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।
पत्नी दयावतीले प्रेमी बद्रीसँग मिलेर ५ माघ साँझ पतिको हत्या गराएकी थिइन् । उनीहरूले तास खेल्न लाने क्रममा बाटोमा विकासको हत्या गरेका थिए । हत्यापछि ग्रामथान गाउँपालिका(३ ढंगटोली भन्ने स्थानमा पानी भरिएको खाल्डोमा शव डुबाएका थिए ।
भोलिपल्ट उनीहरुले विकास पानीमा डुबेर मृत्यु भएको बताएका थिए । इलाका प्रहरी कार्यालय बेलबारीले विकासको शव ६ माघमा बरामद गर्दा टाउकोमा चोट देखेपछि कर्तव्य ज्यान बुझेर अनुसन्धान थालेको थियो । दयावतीले घरमा नै रक्सी पसल सञ्चालन गर्दै आएकी थिइन् । उनी र बद्रीबीच शारीरिक सम्बन्ध रहेको कुरा पतिले थाहा पाएपछि हत्या गराएकी प्रहरीले जनाएको छ