जनकपुरधाम, १३ माघ ।
साउदी अरेबियामा मृत्युदण्डबाट जोगिएन स्वदेश फर्किएका धनुषाका उमेश यादवले झण्डै १४ वर्षपछि आफ्ना श्रीमती र छोराहरुलाई भेटेका छन्।
स्वदेश फर्किएपछि जनकपुर विमानस्थलमा ओर्लिएका उमेशले श्रीमती र परिवार देख्दा आफूलाई सम्हाल्न सकेनन्। श्रीमती सञ्जु उस्तै भावविह्वल बनिन्। छोराहरुको आँखामा समेत आँशु थामिएन।
१३ वर्ष बढी समय पर्खाइमा बिताएकी उमेशकी श्रीमती सञ्जु आफ्ना दुई छोराहरु कमलेश र हितेशसँगै जनकपुर विमानस्थलमा उनलाई पर्खिरहेका थिए। उनीसँगै उमेशका भतिजाहरु, जेठो साढु राजकरण यादव, सासू दुर्गीदेवी र आफन्तजन समेत उमेशको स्वागतका लागि विमानस्थल पुगेका थिए।
साउदी अरेबियामा मृत्युदण्डबाट जोगिएर स्वदेश फर्किएका धनुषाका उमेश यादवले झण्डै १४ वर्षपछि आफ्ना श्रीमती र छोराहरुलाई भेटेका छन्।
स्वदेश फर्किएपछि जनकपुर विमानस्थलमा ओर्लिएका उमेशले श्रीमती र परिवार देख्दा आफूलाई सम्हाल्न सकेनन्। श्रीमती सञ्जु उस्तै भावविह्वल बनिन्। छोराहरुको आँखामा समेत आँशु थामिएन।
१३ वर्ष बढी समय पर्खाइमा बिताएकी उमेशकी श्रीमती सञ्जु आफ्ना दुई छोराहरु कमलेश र हितेशसँगै जनकपुर विमानस्थलमा उनलाई पर्खिरहेका थिए। उनीसँगै उमेशका भतिजाहरु, जेठो साढु राजकरण यादव, सासू दुर्गीदेवी र आफन्तजन समेत उमेशको स्वागतका लागि विमानस्थल पुगेका थिए।
उमेश झर्नुअघि नै विमानस्थल पुगेकी श्रीमती सञ्जुले टुडेपाटीसँग भनिन्, ‘श्रीमान् आइपुग्नुभयो, योभन्दा ठूलो केही छैन।’ अब श्रीमानसँगै बसेर छोराहरुलाई पढाउने उनको अबको योजना छ।