ओम प्रकाश यादव
रौतहट,१२ माघ। तराई मधेशमा प्रत्येक वर्ष कपडाको अभावमा चिसोले सयौ गरिव नागरिकले ज्यान गुमाउँदै आएका छन् ।
तराईमा वर्षेणी खास गरेर पुस र माघ महिनामा अत्याधिक मात्रामा चिसो लाग्ने गर्दछ । चिसोले खासगरी दलित, डोम, चमार, मुसहर, हलखोर समुदाय बढी प्रभावित हुने गर्छन ।
तराई मधेशको जिल्लामा अति गरिव र लोपोन्मुख समुदायको रुपमा परिचित उनिहरुलाई कपडा खरिद गर्न पैसा नहुने गरेकोले अत्याधिक चिसोले उनिहरुको अकालमै मृत्यु समेत हुदै आएको छ ।
कपडाको अभावमा अब कसैले पनि अकालमै मृत्युवरण गर्नु नपरोस भन्ने उद्देशयका साथ प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले विगत केहि दिनदेखी टुहुरा, गरिव, असाहाय र अति विपन्न परिवारलाई कम्बल वितरण गर्ने अभियान नै सञ्चालन गरेका छन् ।
राज्य मन्त्री यादवले आफना गृह जिल्ला रौतहटको निर्वाचन क्षेत्र नं १ को ख मा प्रत्येक गरिव परिवारको जेष्ठ नागरिकहरुलाई गाँउ गाँउमा पुगेर कम्बल वितरण गरिरहेका छन् ।
कम्बल वितरण गर्ने अभियान अन्तर्गत मन्त्री यादवले अहिलेसम्म आफना निर्वाचन क्षेत्रका पाँच सय भन्दा बढी जेष्ठ नागरिकलाई कम्बल वितरण गरिसकेका छन् ।
समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहनुभएका कृषि राज्यमन्त्री योगेन्द्र यादव फेरी रौतहटको विभिन्न गाँउमा गरी पाँच सय भन्दा बढी थान कम्बल वितरण गरेका हुन ।
मन्त्री यादवले जिल्लाको छतौना, सखुअवा, माधोपुर, धनहारी पाँच सय चिसोबाट प्रभावित जेष्ठ नागरिकहरुलाई गरम न्यानो कपडा वितरण गरेका हुन् ।
चिसोबाट प्रभावित दलित, डोम, चमार, मुसहर, हलखोर समुदायलाई मन्त्री यादवले न्यानो कपडा वितरण गरेको उनका स्वकीय सचिव कमलेश यादवले जानकारी दिएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here