आरके श्रीवास्तव ।

गरुडा ।

रौतहट जिल्लाको बौधीमाइ नगरपालिकामा हजारौं व्यतीहरु निशुल्क चेक जाँच गरिएको छ । नपा अन्तर्गत वार्ड नम्बर ७ बंकुल बजारमा आज २०७६ माघ ११ गते शनिवारका दिन अली अर्थो एण्ड ट्रमा हस्पिटल प्रालि बिर्ता बिरगंजको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य जाँच गरिएको थियो । बौधिमाइ पोली क्लिनीक को सहकार्यमा विशेषज्ञ डाक्टरहरु द्घारा स्वास्थ्य उपचार गरिएको थियो । शिविमा वरिष्ठ अर्थापेकि सर्जन डा. रोशन अलीले २५०,छाती,पेट,मुटु तथा चिनीरोग डा. जेपी जयसवालले २००, बालरोग विशेषज्ञ डा.पन्नालालले १५०, बालरोग विशेषज्ञ संजय अग्रवालले १००, जेनरल तथा लैप्रोस्कोपी सर्जन डा.एनामुल हकले २०० र स्त्री तथा प्रसुती रोग विशेषज्ञ कृती अग्रवालले १८० जना विरामीहरु लाइ फ्रि चेकजाँच गर्नु भएको मनोज यादवले जानकारी गराए । कमलेश कुशवाहा र शैलेन्द्र कुमार साहको सक्रियतामा समपन्न शिविरमा एक हजार पैतालिस जना विरामीहरु लाइ उपचार गरिएको डा. श्याम बाबु साहले जानकारी गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here