काठमाडौं, ६ माघ। रिक्त प्रतिनिधिसभाको पदको निर्वाचन माघ १२ गते हुने भएको छ । सोमबार बसेको कार्य व्यवस्था परार्मश समिति बैठकमा दलहरुबीच सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको छ ।
समिति सदस्य कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले १२ गते सभामुखको निर्वाच्न गर्ने सहमति भएको बताए। ‘सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको छ,’ खाणले भने। सचिवालयकी कर्मचारीमाथि यौन दुव्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ। उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आजै उपसभामुख पदबाट राजीनामा दिएकी छन् ।
उप सभामुखले राजिनामा दिए पछि जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा प्रतिनिधी सभाको आजको बैठक बसेको थियो ।