काठमाडौं ५ माघ । नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कलंकी चोकबाट आइतबार बिहान एक हजारका ३१ थान नेपाली नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र २२ वर्षीय रवि आलेमगर रहेका छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।