काठमाडौं, ४ माघ । राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँगको सहकार्य तोड्ने भएको छ ।
राष्ट्रिय सभाको माघ ९ गते हुने निर्वाचनमा हारको सम्भावना देखेपछि नेकपासँगको सहकार्य र गठ्बन्धन तोड्ने तयारीमा रहेको राजपा स्रोतले बताएको छ ।
स्रोतका अनुसार शुक्रबार राजपा अध्यक्ष मण्डलका सदस्यहरु र राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसँग भेटेर सरकारमा सहभागी गराउन गरेको अनुरोधमा प्रधानमन्त्री ओलीले ९ गतेपछि मात्रै केही गरौँला भनेका थिए ।
नेकपाले यसरी प्रतिक्रिया दिए पछि राजपाले गठबन्धन तोड्नका लागि शनिबार आकस्मिक बैठक गरिरहेको जनता समाचारले जनाएको छ ।