रौतहट, १८ पौष ।
रौतहटको यमुनामाई गाउपालिकाको वडा नं.१ अन्र्तगत रहेको जेठरहिया, शुकदेव चौकमा आजबाट ब्रथिंग सेन्टर संचालनमा आएको छ ।
महिलाहरु गर्भवती भए देखि बच्चा जन्मे सम्मको हेरचाहका लागि संचालनमा हुने प्रसुति गृह सेवा अर्थात ब्रथिंग सेन्टरको संचालन यमुनामाई गाउपालिका १ को जेठरहिया स्वास्थ्य चौकी अन्र्तगत गरिएको हो ।
चुनाव ताका गरिएको वाचाहरु अन्र्तगत सर्वसाधारणहरुको स्वास्थ्यलाई महत्वपुर्ण स्थानमा राखि सेन्टरको संचालन कार्यका लागि उदघाटन गरिएको सहभागी अतिथिहरुले बताए ।
जिल्लाको अन्य गाउपालिका तथा नगरपालिकाहरुले स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई त्यति महत्व नदिए पनि आफना गाउपालिकाले महत्वका साथ कार्य गरिरहेको गाउपालिका अध्यक्ष श्री प्रसाद मुखिया तथा वडा नं. १ का अध्यक्ष नन्दलाल राय यादवले बताए ।
निमित प्रमुख प्रशासकिय अधिकृत समसाद आलमले स्वास्थ्य चौकी निर्माणका लागि पाचै वडाहरुमा रकम आएकोले छिटै निर्माण प्रक्रिया अगाडी बढाईने बताउनु भयो ।
कार्यक्रममा गाउपालिका विभिन्न वडाका वडाअध्यक्षहरु, विभिन्न शाखाका प्रमुखहरु, महिला स्वास्थ्य स्वयम सेविकाहरु, विभिन्न विधालयका प्रधानाध्यापकहरु, स्थानिय भद्रभलादमीहरु लगायत सयौंको सहभागीता रहेको थियो ।