रौतहट, १७ पौष । देउराली सामुदायिक वन उपभोक्ता समुह चन्द्रपुर १ पौराइले एक चट्टा (३ टेलर) दाउरा शितलहर पिडित दलित बस्तिका बासिन्दालाई हस्तान्तरण गरेको छ ।
रौतहट जिल्लाको यमुनामाइ गाउपालिकाका दलित तथा अति बिपन्न समुदायका शितलहर प्रभावित परिवारलाई आगो ताप्नको लागी निःशुल्क सो दाउरा बितरण गरेको सहसचिव सुकेन्द्रबन्धु गोलेले बताउनु भयो ।
रौतहटमा केही दिनदेखि घाम नलागेपछि दलित तथा बिपन्न बर्गका परिवार बढी प्रभावित भएका थिए । मंगलबार भने बिहानै देखि घाम लागेको छ । रौतहटमा घाम लागेपनि हावा लागेकाले चिसो अनुभव गरिएको छ । रौतहटको यमुनामाई गाउपालिकामा दलित तथा बिपन्न बर्गका परिवार कठ्याङ्ग्रीएर मृत्यु हुने सम्भावना देखिएकोले आफ्नो सामुदायिक वनले सो दाउरा गाउपालिकाका अध्यक्ष श्री प्रसाद मुखियालाई हस्तान्तरण गरेको सामुदायिक वनका अध्यक्ष गोकर्ण सापकोटाले बताए ।
दलित तथा बिपन्न बर्गले बाक्लो कपडा खरिद गर्न नसक्ने र चिसोबाटै ज्यान गुमाउनु पर्ने बाध्यात्मक स्थिति भएकोले नेपाल सरकारले ति गरिव दलित तथा बिपन्न बर्गलाइ प्याकेजमा भएपनि न्यानो कपडासहित चोक चोकमा दायराको प्रबन्ध मिलाउनु पर्नेमा सल्लाहाकार विर बहादुर गोलेले माग गर्नु भयो ।