काठमाडौँ, ९ पौष।
देशका विभिन्न तिन स्थानबाट घुसको रकम सहित अख्तियारले ४ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय महोतरी बर्दिबासले उद्योग दर्ता गर्न सहजीकरण गर्ने भन्दै ७० हजार घुस लिने घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका कम्प्युटर अपरेटर नवीनकुमार सिहं पक्राउ परेका छन् ।
भने आजै, रुपन्देही जिल्ला अदालतमा कार्यरत नायव सुव्वा बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्मासमेतले धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग २ हजार घुस लिएको अवस्थामा अख्तियार टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले निज आन्तरिक राजस्व कार्यालय, भैरहवा दरबन्दी भई रुपन्देही जिल्ला अदालतमा लेखा सम्बन्धी कामकाज गर्न खटिएका लेखापाल शर्मा र रुपन्देही जिल्ला अदालतमा कार्यरत न्यौपानेलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा जिल्ला अदालतको अगाडि रहेको बार एसोसियसन भवन नजिकैबाट नियन्त्रणमा लिएको हो ।
त्यसै गरि यता अख्तियारका प्रवक्ता कोइरालाका अनुसार पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीले ८ हजार ५ सय घुस रकम सहित पक्राउ परेका छन् । कार्यालयसँग सम्बन्धित सूचना पत्रिकामा प्रकाशित गरिदिए पश्चात भुक्तानी दिएको रकमबाट घुस माग गरिरहेको भन्ने उजुरी आयोगमा परेको थियो । सोही सूचनाको आधारमा आयोग टंगालबाट खटिएको टोलीले निज कार्कीलाई मंगलबार कार्यालयबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।