काठमाण्डौं, २५ मंसिर।
भोलि बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को सार्वजनिक विदा भएको हल्ला भईरहेको बेला गृहमन्त्रालय विदा नरहेको जानकारी गराएको छ ।
धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइ पनि खासमा बिहीबार सरकारले सार्वजनिक विदा दिएको छैन ।
गृह मन्त्रालयले २०७५ चैतमै जारी गरेको नयाँ वर्षका विदासम्बन्धी सूचनामा यो दिन किरात समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक विदा हुने उल्लेख गरेको छ ।
बिहीबारको सार्वजनिक विदा बारे गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले भोलि विदा नरहेको स्पष्ट पारेका छन् । ‘सूचना विभागले जारी गरेको क्यालेन्डरमा उल्लेखित विदाबाहेक अरु आधिकारिक होइनन्, भोलि सार्वजनिक विदा दिइएको छैन’ उनले भने । संभार अनलाईन खबर ।