रौतहट, २५ मंसिर ।
रौतहटको गरुडा नगरपालिकामा रहेको जिर्ण पुलबाट भविष्यमा हुने खतराबारे सरोकारबालाहरुले चासो देखाएका छन् ।
व्यस्त मार्गको रुपमा रहेको गरुडा समनपुर सडकखण्ड अन्र्तगतको वडा नं. ४ मा रहेको उक्त पुलको अवस्था अत्यधिक खराब भए पछि नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साहको टोली पुल निरिक्षण गर्न पुगेका हुन् ।
दिनहु सयौं गाडीहरुको आवगमन रहेका गरुडा नगरपालिकाको वडा नं. ४ को वडाकार्यालयको पुर्वपट्टीमा रहेको उक्त पुलको बाहिरबाट हेर्दा अवस्था हिडडुल गर्ने खाले देखिए पनि पुर्व पटिको मुख्य बेस नै पुर्णरुपमा क्षति भएको पाईएको हो ।
सडक डिभिजन कार्यालयको मातहतमा रहेको उक्त पुलको अवस्था जिर्ण भए पछि चौतर्फी खबर पाएका गरुडा नगरपालिकाले पुलको बास्तविक अवस्था हेर्न आफना योजना अधिकृत, जिन्सी प्रमुख तथा नगर प्रमुखका प्रतिनिधी सहितको निमित प्रमुख प्रशासकिय अधिकृतको टोली पुगि पुल अवलोकन गर्नुका साथै वास्तविक अवस्थाको आकलन गरिएको निमित प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साहले रेडखबरलाई जानकारी गराउनु भएको हो ।

Image may contain: sky and outdoor


निमित प्रमुख साहका अनुसार पुलको वर्तमान अवस्था हेर्दा पुल अन्तिम अवस्थामा रहेको र पुलबाट यात्रा गर्नु जोखिम लिनु नै हो, पुल आवागमनबाट भोलीका दिनमा हुने संभावित खतरा समेतको अवस्था अत्यधिक रुपमा रहेको प्रतिक्रिया दिनु भयो ।
पुल निर्माणबारे निमित प्रमुख साहसंग प्रतिक्रिया लिदा आफुले नगरप्रमुखलाई जानकारी गराएको साथै सडक डिभिजन कार्यालय समेतलाई जानकारी गराएको तर विगतका दिनमा सडक डिभिजन कार्यालयले गरुडा नगरपालिका प्रति देखाएको उदासिनताले नगरप्रमुखले सडक डिभिजन मातहत पर्ने कुनै पनि कार्यहरु आफुहरुले नगर्ने जवाफ आएको बताए ।

Image may contain: 2 people, people standing, sky, outdoor and nature


निमित प्रमुख साहले आफुले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख समेतलाई जानकारी गराएको तर उनले हाम्रो मातहत नभई नगरपालिका भित्र रहेकोले नगरपालिकाले नै निर्माण कार्य गर्नु पर्ने प्रतिक्रिया आएको जानकारी गराएका छन् ।

Image may contain: one or more people, people standing, sky, tree and outdoor


सडक डिभिजन वा नगरपालिका जसले बनाए पनि जिर्ण अवस्थामा रहेको खतरनाक पुलको निर्माण कार्य समयमा गरिनु पर्ने देखिन्छ । समयमा नगरिएका भावीदिनहरुमा यसबाट हुन जाने संभावित दुर्घटनाको जिम्मेवारी कसले लिने हो त ?
जसले बनाए पनि समयमा बनी यसबाट हुने संभावित खतराबाट सबै जोगियोस भने हाम्रो चाहना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here