सुर्खेत १४ मंसिर । लागूऔषध दुई केजी चरेससहित जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीनजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत पञ्चकोशी टोलस्थित दीपचन्द्र होटलको एक कोठाबाट शुक्रबार प्रहरीले एक केजी ९३० ग्राम चरेससहित तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नगरपालिका–१२ निवासी ५३ वर्षीय तुलसा शाही, तातोपानी गाउँपालिका–७ जुम्लाका ४९ वर्षीय नैन शाही र जुनीचाँदी गाउँपालिका–९ जाजरकोटका ४२ वर्षीय नैनबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here