रौतहट, ६ मंसिर ।
रौतहट प्रहरीले डाकाँ मुद्दामा फरार रहेका प्रतिबादी पक्राउ गरेको छ ।
प्रहरीले गरुडा नगरपालिका वडा नं. ६ निवासी उमेश राय यादवलाई पक्राउ गरेको हो ।
रौतहट जिल्ला अदालतको लगत नं.८७६ मिति २०६५।०९।१६ गतेको फैसला अनुसार ६ बर्ष कैद र ६७,५००।– रकम जरिवाना तोकिएका साविक पोठीयाही गा.वि.स.वडा नं.६ हाल गरुडा नगरपालिका वडा नं.६ बस्ने जोगिन्द्र प्रसाद चौधरीको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी उमेश राय यादव समेत भएको डाकाँ मुद्दामा फरार रहेका पोठीयाही गा.वि.स.वडा नं.३ हाल गरुडा नगरपालिका वडा नं.६ बस्ने नथुनी राय यादवको छोरा उमेश राय यादव पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
फरार रहेका यादबलाई बिहीवार लुकीछिपी बसी रहेको भनि बिषेश गोप्य सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय गरुडाबाट खटि गएको प्रहरी निरीक्षक रिपेन्द्र कुमार सिहँको कमाण्डको टोलीले पक्राउ गरी शुक्रबार रौतहट जिल्ला अदालतमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।