जिल्ला पर्यवेक्षक सुनील रोहित

रौतहट, ४ मंसिर ।
जिल्ला अधिवेशन भित्र उत्पनन भएको विवाद चलि रहेकै बेला राष्ट्रिय जनता पार्टी नेपाल रौतहट जिल्ला अधिवेशनको लागि मतदान हुने कार्यक्रम सार्वजानिक भएको छ ।
जिल्ला सम्मलेनका लागि अधिकार लिएर आएका जिल्ला पर्यवेक्षक सुनील रोहितले सहमतिको लागि दिइएको समयमा सहमति हुन नसकेको कारण मतदानको समय निर्धारण गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन ।


चार जना जिल्ला अध्यक्ष मण्डलका सदस्यहरु असहमत रहेका बेला सांसद अनिल कुमार झा पक्षधरले जिल्ला अधिवेशनको लागि बहुमत सदस्यको आड़ लिदै निर्वाचनको कार्यक्रम तय गरेका छन ।
पर्यवेक्षक रोहितले जारी गरिएको विज्ञप्तिमा कार्तिक ३० गते सहमति खोज्नका लागि दिइएको अधिकतम समय विति सक्दा पनि सहमति हुन नसकेकोले जिल्ला सम्मलेनको बहुमत सदस्यको विचारबाट लोकतान्त्रिक पद्दति निर्वाचन गर्नु पर्ने भएकोले मतदानको कार्यक्रम सार्वजानिक गरिएको जिकिर गरिएको छन् ।
२८४ जिल्ला अधिवेशन प्रतिनिधि मध्ये आधी भन्दा बाढ़ि सदस्य असंतुस्ट पक्षमा रहेका बेला कति सदस्यमा बहुमतिय प्रणालीलाई मान्ने भन्ने उल्लेख गरिएको छैन् ।
मंसिर २ गते देखि मतदान प्रक्रिया शुरू ३ गते १ बजे जिल्ला प्रतिनिधि, केंद्रीय सदस्य लगायतका नेताहरुको आग्रहमा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिल्ला अधिवेशनको मङ्सिर ५ गते विहिवार १० बजे देखि २ बजे सम्म हुने समय निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here