रौतहट, ४ मंसिर ।
स्थानिय तहहरुमा प्रमुख प्रशासकिय अधिकृतको अभाव भएका बेला मन्त्रालयले खटाएका निमित प्रमुख प्रशासकिय अधिकृतहरुमा एउटा छुट्टै पहिचान भएका प्रमुख रौतहटको एक स्थानिय निकायमा भेटिएको छ ।
संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले रौतहटका विभिन्न स्थानिय निकायहरुमा कार्य सम्पादनको लागि निमित तोकेका प्रमुखहरु निमित पाउना साथ प्रमुखको कुर्सीमा बस्नु देखि नेमप्लेट समेत झुण्डाएको लहरहरु देखि रहदा रौतहटको राजपुर नगरपालिकाका निमित प्रमुखको कार्यशैली भन्ने एकदमै फरक देखियो ।
समाचारका लागि राजपुर नगरपालिकाको कार्यालय पुगेको रेडखबरको सम्वादाताले प्रमुख प्रशासकिय अधिकृत भेटन् जादा अन्य स्थानिय तह भन्दा फरक देखेका छन् ।
प्रमुख प्रशासकिय अधिकृत कै कार्यकक्षमा निमित प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुर देखिए पनि उनले प्रयोग गरेको कुर्सी तथा तिनले कार्यालय व्यवस्थापनमा गरेको सुधार र व्यवहार अरु निमित भन्दा नौलौ पाईयो ।
आर्थिक वर्ष समाप्ती संगैं राजपुर नगरपालिका छोडेका प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देल पछिको कार्य सम्भाल्दैं आएका निमित प्रमुख ठाकुर संग बसाई रेडखबरले कार्यालय प्रमुखको कुसीमा किन नबस्नु भा को अरु त बस्छ नि ? सोधे पछि उनले मुसुक हास्दैं भने आफु त निमित कै कुर्सीमा बस्छु नि ।
अन्य कार्यालयहरुमा त प्रमुख कै कुर्सीमा बस्छन् भन्ने फेरी दोहरिएर गरिएको प्रतिप्रश्नमा ठाकुरले अरुले जे गरे पनि आफु विधिको साशन मान्ने व्यक्ति भएको र विधिले निमितलाई आफनो मर्यादामै बस्दा राम्रो होला भन्न लागेर बसेको जवाफ दिए ।
नगरपालिकाको अन्य गतिविधीहरुबारे बोल्दैं निमित प्रमुख ठाकुरले विगतका दिनमा भएका प्रायः समस्याहरु समाधानमा लागेको र गतवर्षका कमिकमजोरीहरुको क्रमिकरुपमा सुधार भई रहेको बताए ।
कार्यालयमा हुने गरेको अनावश्यक खर्चहरुमाथि बन्देज लगाइएको र जथाभावी खर्च भएकाहरुको हिसाव समेतको निगरानीको कार्य भई रहेको, कार्यालय संचालन समयमा सुधार आएको तथा कर्मचारीहरुलाई नियमति गराइएको समेत उनले बताए ।
रौतहटका १८ वटा स्थानिय तहहरु मध्ये करिब ९ वटामा निमित प्रमुख प्रशासकिय अधिकृत नै छन् भने ९ वटामा प्रमुख प्रशासकिय अधिकृत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here