रौतहट, ३ मंसिर ।
पछिल्लो समय राजनितिमा सक्रिय भई नेकपाको नगरकमिटिको अध्यक्षको जिम्मेबारी समेत पाएका युवा नेता बबलु मेहता भने मोहन मेहताले समाजवादी पार्टीका नेता किरण शाहमाथि शब्द प्रहार गरेका छन् ।
नगर अध्यक्ष मेहताले हिन्दु मुस्लिम धर्म प्रति विभेद र्सिजना गरी राजनितिको रोटि सेक्दै आएका समाजवादि फोरमका नेता किरण शाहको राजनिति चरित्र धरापमा पार्ने ठोकुवा समेत गरे ।
समाजवादका नारा लिएर अगाडी बढने नेताले कहिले पनि जातिय तथा धार्मिक सहिसुनता बिगडन नहुने भन्दै केहि समय यता आफना क्षेत्र नंं २ मा साहको भुमिका एकहोरो रहेको र साहले देखाएको गतिविधि मुस्लिम विरोधि रहेको मेहताले लगाए।
अनेकौं जात धर्मको साझा फुलवारी रहेको नेपालमा कुनै विषेश धर्मको नारा लगाउने राजनितिज्ञ अथवा पार्टिलाई कुनै धर्मका जनताले नरुचाउने वहाँको तर्क रहेको थियो । नेकपा पार्टिले ईशनाथ नगरपालिकामा नगर अध्यक्षको जिम्मेवारी मेहताको काँधमा सुम्पे पश्चात संगठन विस्तारमा सक्रिय भुमिका निर्वाह गर्दै आएका मेहता अहिले सो नगरपालिकाको विभिन्न वडाहरुमा वडा कमिटि गठन तथा वडाको विकास बारे चासो राख्दै स्थानिय नेता तथा कार्यकर्ता भेटघाटमा व्यस्त देखिन्छन्।
नगर भ्रमणको क्रममा भेट हुने स्थानियहरुमा समाजवादि पार्टीका नेता किरण साहले धर्मको जाल लिएर आएकाले कडा आक्रोस जनाउदैं सबै समुदाय तथा वर्गलाई सर्तक रहन आग्रह समेत गरे ।
नेकपाका नगर अध्यक्ष रहेको युवा नेता मेहताले पार्टीले अगामी दिनमा जिम्मेवारी दिएमा आफु किरण शाहलाई हरेका पाईलामा टक्कर तयार रहेको दावी गरे ।