काभ्रे ३०,कात्तिक । अरनिको राजमार्गमा अन्तर्गत शुक्रबार साँझ भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको छ। हेटौँडा घर भएका ३० वर्षीय चालक लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा र मकवानपुर जिल्ला पालुङ घर भएका सहचालक कञ्चन लामाको थप उपचारका लागि नर्भिक अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डिएसपी दीपक गिरीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here