रौतहट, २९ कार्तिक ।
रौतहटको राजपुर बम विस्फोट आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका सांसद मोहमद आफताव आलमले घटना नै नभएको पुरानै दाबी दोहोर्याएका छन् ।
जिल्ला अदालत रौतहटमा चलिरहेको थुनछेक बहस सके लगतै पूर्वमन्त्री आलमले, ‘मैले पटकासम्म पड्काएको छैन । बमको कुरा आउँदैन ’ प्रतिक्रिया दिएका छन् ।
पक्राउ परे देखि नै राजपुरमा बम विस्फोटको घटना नै नभएको उनको दाबी गर्दै आएका आलमले आज पनि त्यही दावीलाई यथावत राखेका छन् ।
राजपुर बम विस्फोटका घाइतेहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।
अर्को तिर ‘घटना भएको छैन भने ५ लाख देखि २ करोडसम्म दिन्छु भनेर मलाई किन भन्छन् आलमका मानिसहरुले श्रीमान्’ घटनामा मृत्यु भएका भनिएका त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंहले त्यसको खण्डन गरेका छन्।
रौतहट क्षेत्र नं.२ बाट प्रत्यक्ष निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइए पनि आलमले भने आरोप अस्वीकार गरेका छन् ।
आलमलाई बहस सकिए पछि थुनामा राख्ने वहा साधारण तारेखमा छाडन्े भन्ने विषयमा आजै फैसला आउने भएकाले रौतहटको सदरमुकामको सुरक्षा व्यवस्था अहिले कडा पारिएको छ भने ठाउ ठाउमा चेकजाँच भइरहेको छ ।
आलम पक्षधरहरु आफना नेताबारे अन्तिम फैसला आउने भएकाले गौरका विभिन्न ठाउँहरुमा फैसला आउने आशमा बसे रहेका छन् ।