रौतहट, २९ कार्तिक ।
विगत केही दिन देखि रौतहटको गरुडा नगरपालिकाको विभिन्न वडाहरुमा महामारीका रुपमा रहेको डेंगु रोगको प्रकोप भएको खबर पाए पछि नगरपालिकाले नियन्त्रणका लागि औषधि छर्ने मेसिनगण प्रयोगमा ल्याएको छ ।
गरुडा नगरपालिका अन्तरगत डेंगु नियन्त्रणका लागि औषधि छर्ने मेशिनको उद्घाटन गरि शुभारम्भ आजबाट औषधि छर्ने कार्य पनि सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले रेडखबरसंग बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत पन्थीले दुई बटा मेशिन गन ९ वडामा औषधि छर्ने काम शुरु भएको आईतबार सवै वडा अध्यक्षहरुलाई नगरपालिकामा छलफलका लागि बोलाई अर्को मोडालिटीबाट पनि औषधि बितरण जसले गर्दा हाल देखिएका डेङ्गु सखाप हुने र यसका लार्भा तथा फुल समेत नष्ट गरिने दावी गरे। औषधिहरु सम्बन्धित निकायहरुमा पहल गरि ३८ ड्रम निःशुल्क उपलब्ध गराईएको र थोरै मात्र गन प्रयोग हुने झोल औषधि हाल ४ लिटर मात्र खरिद गरिएको समेत उनले बताए ।
मेसिन शुभारम्भ कार्यक्रममा नगरपालिकाका नगर प्रमुख इन्नु राय यादव, विभिन्न वडाका वडाअध्यक्ष एवम प्रतिनिधीहरु नगरकार्य समिति सदस्यहरुको सहभागिता रहेको थियो ।