जनकपुरधाम २८ कार्तिक। जनकपुरधाम भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल प्रदेश २ का कार्यबाहक मुख्यमन्त्री बनेका छन्। मुख्यमन्त्री लालबाबु राउत अमेरिका उड्नुअघि सोनललाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन्।राजपा नेपालबाट मन्त्री बनेका सोनल बरियता क्रममा प्रदेश सरकारमा दोस्रो मन्त्री हुन्। मुख्यमन्त्री राउतले आफूलाई फोन गरेर कार्यबाहकको जिम्मेवारी दिएको उनले बताए। प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले आफ्नै अगाडि मुख्यमन्त्री राउतले फोन गरेर मन्त्री सोनललाई कार्यबाहकको जिम्मेवारी दिएको बताए। कार्यबाहकको पत्र दिइएको छ/छैन भन्ने नेपाल समयको जिज्ञासामा प्रमुख सचिव सुवेदीले भने,‘कार्यबाहकको जिम्मेवारी दिन लिखित पत्र नै दिनुपर्ने भन्ने छैन। वरिष्ठताको हिसाबले उहाँपछिको मन्त्री कार्यबाहक मुख्यमन्त्री हुने कानुनी व्यवस्था छ।’ ‘मुख्यमन्त्रीपछि दोस्रो बरियतामा सोनलज्यू पर्नुहुन्छ, मुख्यमन्त्रीज्यूले उहाँलाई कार्यबाहकको जिम्मेवारी दिनु भएको हो,’ प्रमुख सचिव सुवेदीले भने। मुख्यमन्त्री राउत अमेरिकास्थित एसोसिएट अफ नेपाली तराईयन इन अमेरिका (एन्टा)को साधारणसभामा भाग लिन बुधबार अमेरिका गएका छन्। राउतसँगै प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासमेत अमेरिका गएका छन्। एन्टाको कार्यक्रममा सहभागी भएर मुख्यमन्त्री राउतको ४ मंसीरमा स्वदेश फर्कने कार्यक्रम रहेको छ। मुख्यमन्त्री भइसकेपछि राउत पहिलो पटक विदेश भ्रमणमा गएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here