कैलाली २६, कात्तिक आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका हुन् । पीडित महिलाको निवेदनका आधारमा अध्यक्ष हौजाली मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश भट्टका अनुसार सोही वडा कार्यालयकी महिला कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो । वडाध्यक्ष मगरले ती महिला कर्मचारीलाई कटौंजेस्थित वडा कार्यालयको एक कोठाभित्र थुनेर निर्घात कुटपिट गरेको आरोप पीडित महिलाले लगाएकी छन्। पीडित महिलालाई पनि हामीले बोलाएका छौं । निरीक्षक भट्टले भने, त्यसपछि कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here