file photo

अशोक पहाडी ।
रौतहट, २० कार्तिक । मोहमद आफ्ताव आलमको बयान बुधबार समेत सकिएन । राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमको बयान दोस्रो दिन पनि बयान नसकिएपछि बिहिबार पनि बयान हुने भएको छ । जिल्ला अदालत रौतहटको चार नम्बर इजलासमा आलमको बयान भएको हो । न्याधीश दिपक ढकालको इजलाशमा आलमलाई मिसिल अनुसार प्रश्न सोध्ने र त्यसको जवाफ लिने कार्य भएको थियो ।
बुधबार आलमलाई ३२ वटा पत्र सोधिएको थियो । मंगलबार आलमले ९ वटा प्रस्नको उत्तर दिएका थिए । आलमले बुधबार न्यायधिसले सोधेको प्रश्नको ईन्कारी बयान दिएको सरकारी वकिल खडिन्द्रराज कटुवालले बताए । अदालतमा तालमेल नमिलेका कारण बयान लिन ढिला भएको हो । मिसिलनै ८१८ पानाको रहेको र त्यसलाई अध्ययन गरेर प्रस्न सोध्नुपर्ने भएका कारण बयानमा ढिलाई भएको हो । बिहिबार पनि दिनभरीनै बयानमा लाग्न सक्ने अनुमान गरिएको छ ।
जिल्ला आदलतमा आलम बयान सुरु भएको दिन देखीनै जिल्ला सदरमुकाम गौरको सुरक्षा ब्यावस्था कडा पारिएको छ । जिल्ला अदालत गौरको एक सय मिटर यता उता मोटर साईकल पार्किङ र समुहमा मान्छे हिडडुलमा समेत कडाइ गरिएको छ । पीडितवादीतर्फबाट बहसका लागि पूर्व महान्यायधिवक्ता डा. युवराज संग्रौलासहित अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की रौतहटमा छन् भने अधिवक्ता गोविन्द शर्मा बन्दी र ओम प्रकाश अर्याल पनि आउँदै गरेको जनाइएको छ । प्रतिवादीतर्फबाट बहस गर्न कानून व्यवसायी आए पनि वकालतनामा गर्न बाँकी रहेको जिल्ला अदालत रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here