काठमाण्डौं, १७ कार्तिक ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल मेडिकल काउन्सिलको रिक्त अधयक्ष पदमा मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाई नियुक्त गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले कोइरालाई नियुक्त गर्ने निर्णय गरेको हो । काउन्सिलको अध्यक्षबाट भर्खरै अवकाश पाएका डा.धर्मकान्त बाँस्कोटालाई नियुक्त गर्ने तयारी गरिरहँदा नेपाल मेडिकल काउन्सिलको रिक्त अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्ने प्रकृया अगाडी बढाएको थियो ।