रौतहट, १५ कार्तिक ।
रौतहटको गरुडा नगरपालिकाले आफना मातहतका महिला स्वास्थ्य स्वयमसेवीकाहरुलाई सुनसहित साडी वितरण गरेको छ ।
रौतहटको मध्यभागमा रहेको गरुडा नगरपालिकाले एक कार्यक्रमका विच छठ पर्वको अवसरमा आफना नगरभित्र कार्यरत रहेको महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई १ थान सुनको गहना तथा १ थान साडी वितरण गरेको हो ।
नगरप्रमुख इन्नु राय यादवले आफना हातबाट सबै सहभागी स्वयम सेविकाहरुलाई उक्त सामग्री वितरण गरेको छन् ।
रौतहटको स्थानिय निकायहरुमा सुन वितरण गर्ने गरुडा नगरपालिकाका सम्भवत पहिलो नगरपालिका रहेको छ ।
सुन कुन शिर्षकबाट खरिद गरि वितरण गरिएको हो भन्ने रेडखबरसंगको प्रतिक्रियामा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थिले यसबारे आफुलाई केही थाहा नभएको र यसबारे विस्तृत बुझन स्वास्थ्य प्रमुख जर्नाधन झासंग सम्र्पक गर्न प्रतिक्रिया दिएका छन् ।
स्वास्थ्य प्रमुख जर्नाधन झाले नगरपालिकाको कुनै बजेट नभई नगरमा कार्यरत रहेका ८१ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुको आफनै आन्तीरककोषमा जम्मा भएको रकमबाट उनीहरुले स्वयम नै आफुले चाहे अनुसारको कानको बाली खरिद गरि कार्यक्रम मार्फत ग्रहन गरेको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा नगरपालिका निमिति प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद साहको समेत सहभागीता रहेको थियो ।