महोत्तरी ११, कात्तिक दिपावलीको तयारी गरिरहँदा करेन्ट लागेर एकको मृत्यु भएको छ । रामगोपालपुर नगरपालिका–८ टिकुलियामा जय महाराज देवी ज्वेलर्समा झिलिमिलि बत्ती जडानका क्रममा करेन्ट लागेर एकको मृत्यु भएको हो । मृत्यु हुनेमा जनकपुर उपमहानगरपािलका–२१ का १५ वर्षीय धिरेन्द्र साह भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका साहको जानकी हेल्थ केयरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाको भनाइ छ । मृतक साह सुनचाँदी पसलमा बुवासँगै काम सिक्दै गरेकाे प्रहरीले जनाकारी दिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here