रौतहट, ४ कार्तिक ।
ईशनाथ नगरपालिकाका निमिति प्रशासकिय प्रमुख नन्दकिशोर गुप्ताले आफ्ना निकायका कार्यालयहरुमा निमिति अनुगमन थालेपछि कार्यालयका कर्मचारीहरु समयमा उपस्थित हुन थालेका छन् ।
पहिलो देखि नै समयमा न आउने र काम पनि नगर्ने हाजिर गरेर बाहिर जाने कर्मचारीहरु प्रमुख गुप्ता आए देखि समयमा कार्यालय गई कामकाजमा नियमितता दिएका छन् ।
ईशनाथ नगरपालिकाको निमिति प्रमुख प्रशासकिय अधिकृतको जिम्मेबारी पाए देखि लगातार कहिले स्वास्थ्य चौकी त कहिले वडा कार्यालयमा त कहिले बिधालय अनुगमन गर्दै गरेका गुप्ता कार्यालयहरुमा कर्मचारीले काम गर्न थाले पछि आफुले गरेको मेहनत सकार भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here