आरके श्रीवास्तव ।
ओमान, ९ अक्टोबर ।
ओमानमा चलिरहेको पाँच राष्ट्र सम्मिलित टि२० सिरिजमा आयरल्याड सँग नेपाल पराजित भएको छ । नेपालको मध्यक्रम ब्याट्समैन फलाप हुँदा हारको सामना गर्नु परेको हो । यसअघि दुई टि २० मा जित हासिल गरेको नेपाल आयरल्यान्ड सँग १३ रनले पराजित भएको हो । राजधानी मस्कट को अल अमिरात स्थित ओमान क्रिकेट एकेडेमीको ग्राउण्डमा आयरल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
आयरल्यान्डले निर्धारित २० ओभारमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । १४६ रनको लक्ष्य पाएको नेपाल १ सय ३२ रनमै अलआउट भएको थियोे । एक समय १० ओभरमा १ विकेटको क्षतिमा ७६ रन नेपालले बनाएको थियो । तर त्यसलाई निरन्तरता दिन सकेन तीन वटा विकेट लगातार झरेको थियोे । नेपालको तर्फबाट कप्तान पारस खड्काले २५ रन बनाएका थिए । त्यस्तै ओपनर इशान पाण्डे २२ रन, आरिफ शेखले २६ र दिपेन्द्र सिंह ऐरीले १९ रन बनाएका थिए । यस अघिको मैचमा राम्रो प्रदर्शन गरेका विनोद भण्डारी १ रन मै आउट भए । सन्दिप जोराले २ रन र सोमपाल कामीले ७ रन बनाएर आउट भएका थिए । नेपालले अन्तिम ओभरमा २५ रन बनाउनु पर्ने थियो । क्रिजमा रहेका करण केसीले पहिलो बलमा छक्का र दोस्रोमा चौका प्रहार गरे तर तेस्रो बलमा ठूलो सर्ट खेल्ने प्रयास गर्दा आउट भएका थिए । बलिङतर्फ सन्दिप लामिछानेले २, अभिनाश बोहराले २, ललित राजवंशी र करण केसिले ११ विकेट लिएका थिए । आयरल्याडका दुई ब्याट्सम्यान रन आउट भएका थिए । यस अघि नेपालले हङकङ र नेदरल्यान्ड लाई हराउन सफल भएको थियोे । आज भने टेष्ट मान्यता प्राप्त टिम आयरल्यान्डलाई हराउन असफल भएको हो । भोली बिहीबार नेपालले आफनो अन्तिम तथा चौथो टि२० मा ओमानको सामना गर्दैछ । स्थानीय समय अनुसार दिउँसो २ मैच हुने जनाईएको छ ।