ओम प्रकाश यादव।
रौतहट, १६ असोज।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज रौतहटमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गरेका छन ।
समाजवादी पार्टी यमुनामाइ गाउँपालिकाले शुकदेव चौकमा आज विजयादशमी र तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री राउतले सम्बोधन गरेका हुन ।
पार्टीद्धारा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतसँग समाजवादी युवा संघका केन्दिय्र अध्यक्ष एवं भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले पनि विशिष्ट अतिथिको रुपमा सहभागि भएका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउत र कृषि राज्य मन्त्री यादवले हिन्दुहरुको महान पर्व बडादशै र तिहारमा आपसी सदभाव, भाईचारा, देशमा अमन चएन कायम होस भन्दै देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुख, शान्ति, समृद्धि एवं सु स्वास्थ्य दिर्घायुको लागि कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्ति गरेका छन ।
मुख्यमन्त्री राउत र कृषि राज्यमन्त्री यादवले शान्त, मर्यादित र भयरहित वातारवणमा दशैं र तिहार मनाउन जिल्लाबासिलाई अनुरोध गरेका छन ।
शुभकामना आदान प्रदान कार्यक्रममा नेता रेवन्त झा तथा किरण साहले पर्वका बेला सबैमा सदभाव कायम राख्न आग्रह गरेका छन् ।

Image may contain: 4 people, including Revant Jha


पर्वमा कुनै किसिमको हो हल्ला, झै झगडा नगरी सभ्य र सुरक्षति तवरले पर्व मनाउन उहाँहरुले आग्रह गर्नुभयो ।
कार्यक्रममा विभिन्न पार्टीका नेता, कार्यकर्ता, लगायत आम जनसमुदायहरुको सहभागिता रहेको समाजवादी युवा संघका केन्द्रिय सदस्य उपेन्द्र राय यादवले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here